

गायक विशाल रानाभाटको स्वर रहेको जाम भो माइली आटेर भन्ने बोलको गित सार्वजनिक भएको छ । गायक रानाभाट र गायिका जुनु रिजालको स्वर रहेको सो लोक दोहोरी गित मंगलबार सार्वजनिक भएको हो । गित विशाल रानाभाट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गायक रानाभाटकै संगीत संयोजन रहेको गित किरण रानाभाट र बिक्रम सम्वतले लेखेका हुन । यस्तै, नेत्र गुरुङले निर्देशन गरेको सो गितमा अग्नि सुनार र मधु क्षेत्रीको मोडलिङ रहेको छ ।

गायक रानाभाट रियालिटी सो मेरो भ्वाइस युनिभर्स सिजन २ को टप १२ बाट बाहिरिएका प्रतिस्पर्धी थिए । स्याङ्जाको फेदिखोला गाउँपालिका ३ मा स्थायी ठेगाना भएका उनी सानैदेखी गित संगीतमा विशेष रुचि राख्ने गर्दथे ।

गित संगीतकै माध्यमबाट आफू अघि बढ्न चाहेको उनी बताउँछन् । गित संगीतमा अझै धेरै सिक्न बाकी रहेको र भविष्यमा पनि संगीत साधनामा लाग्ने सोच रहेको उनी सुनाउछन ।

पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।