



पुतलीबजार नगरपालिका १ बालमन्दिरमा एक कार्यक्रमका विच अस्थायी करार र राहत शिक्षकको भेला सम्पन्न भएका छ । पुतलीबजार नगरपालिकाले मात्र राजनीतिक प्रति शोतको आधारमा शिक्षकलाइ दुख दिएको विषयमा शिक्षकको भेला सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज याम बहादुर कुवरले अस्थायी शिक्षकहरु मर्कामा परेको बताए । उनले सात सय ५३ पालिकामा कहि पनि दरबन्दी मिलानको काम नभएको र पुतलीबजार नगरपालिकाले मात्र राजनीतिक प्रति शोतको आधारमा शिक्षकलाइ दुख दिएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष हिमलाल ढकाल, एकीकृत क्रान्तिकारी शिक्षक संगठन जिल्ला अध्यक्ष अमृतप्रसाद खनाल, सविच शिव ढकाल, शिक्षक संगठनका नगर अध्यक्ष बीपी पोख्रेल र शिक्षक सङ्घको नगर सभापति अर्जुन पौडेल लगाएतले अस्थायी करार र राहत शिक्षकको पक्षमा मन्तव्य राखेका थिए ।

राहत शिक्षक लक्ष्मी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बसन्त मरासिनीले गरेका थिए । सोही भेलामा सहभागी शिक्षकहरु नगरप्रमुख तुलसीराम रेग्मीलाई भेटगरी निर्णय फिर्ता लिन अनुरोध गरेका थिए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
