पुष्प चन्द्र ट्रष्टको दोस्रो साधारण सभा : विभिन्न विधाका ५ व्यक्तित्वहरु सम्मानित हुँदै

News समाचार समाज

पुष्प-चन्द्र ट्रष्टले सस्थाको दोश्रो साधारण सभा गर्ने भएको छ । ट्रष्टले यहि कार्तिक ७ गते आफ्नो दोस्रो साधारण सभा एवम् बडा दशैं, तिहार, नेपाल संवत् ११४६, छठ पर्व २०८२ को शुभकामना आदान-प्रदान कार्यक्रम गर्न लागेको ट्रष्टले जनाएको छ ।

सो अवसरमा सामाजिक क्षेत्रमा रहेर योगदान पुर्याउने केही व्यक्तिहरुलाई सम्मान गरिनेछ । ट्रष्टले स्याङ्जा जिल्ला एवं समग्र राष्ट्रमा समेत बहुआयामीक ढंगबाट योगदान पुर्याएका र पुष्प-चन्द्र ट्रष्टको स्थापना कालदेखि ट्रष्टको विविध कार्यक्रमको परिकल्पना निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सामाजिक, शैक्षिक एवं पत्रकारिताका क्षेत्रमा क्रियाशिल ५ जना व्यक्तित्वहरुलाई सम्मान गर्ने जनाइएको छ ।

कार्यक्रमका अवसरमा अनन्त कुमार श्रेष्ठ, ओमप्रकाश शर्मा, ऋषिराम शर्मा, एकबहादुर गोदार रमेस र मोतीप्रसाद मरासिनी लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिने समेत ट्रष्टले जनाएको छ ।

सूर्योदय क्लव बाडखोलाको तालिम कार्यशाला कक्षमा तय भएको कार्यक्रममा सामाजिक सेवा क्षेत्रमा विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील एवं स्थानीयहरुको सहभागिताका लागि ट्रष्टले अनुरोध समेत गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *