ट्रष्टद्वारा मरासिनीसहित पाँच सम्मानित

News समाचार समाज

सामाजिक क्षेत्रमा सक्रिय संस्था पुष्प चन्द्र ट्रष्टद्वारा पुतलीबजारमा रहेर महत्त्वपूर्ण योगदान पुर्याउदै आएका समाजसेवी मोति प्रसाद मरासिनी सहित विभिन्न विधाबाट पाँच जना सम्मानित भएका छन । ट्रष्टले आफ्नो दोस्रो साधारण सभाको अवसरमा मरासिनी सहित नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, सामाजिक क्षेत्रमा सक्रिय अनन्त कुमार श्रेष्ठ, शैक्षिक क्षेत्रमा सक्रिय ऋषिराम शर्मा र पत्रकारितामा सक्रिय एक बहादुर गोदार रमेशलाई सम्मान गरेको हो ।

सम्मानित मरासिनी पुतलीबजार क्षेत्रभित्र रहेर सामाजिक कार्यमा सक्रिय रहदै आएका छन भने सुर्योदय साकोस स्याङ्जा शाखाका प्रमुख समेत रहेका छन । शुक्रबार ट्रष्टले सुर्योदय क्लब बाड्खोलाको तालिम कार्यशाला कक्षमा साधारण सभा, चाडपर्व विशेष शुभकामना आदानप्रदान सहित सम्मान कार्यक्रम सम्पन्न गरेको थियो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका ३ मा रहेको सो ट्रष्टले विद्यार्थी सहायताअन्तर्गतका पोशाक, शैक्षिक तथा खेलकुद सामग्री वितरण लगायतका थुप्रै कार्यक्रमहरु गर्दै आएको छ भने विद्यार्थी सचेतना, सामाजिक रुपान्तरणका लागि विभिन्न सचेतनामुलक कार्यशाला, गोष्ठि एवम् तालिम पनि संचालन गर्दै आइरहेको सो ट्रष्टका अनन्त मान श्रेष्ठले जानकारी दिए । उनले ट्रष्टले स्याङ्जा बजारको सिटि हलमा पहिलो पटक कविता महोत्सव समेत गरेको भन्दै साहित्य क्षेत्रको विकास र उत्थानमा पनि उत्तिकै चासो र चिन्ता देखाइ रहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *