

लत्रेपिपल बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले सहकारीको नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा डाल बहादुर कुवर चयन भएका छन । समितिको उपाध्यक्षमा लेखनाथ शर्मा, सचिव भानुभक्त शर्मा, कोषाध्यक्ष विश्वराज मरासिनी चयन भएका छन । यस्तै, सदस्यहरुमा कमलकान्त उपाध्याय, भिम कुमारी उपाध्याय, भोज बहादुर गोदार, आश्माया भुजेल, विष्णुमाया पौडेल शर्मा चयन भएका छन । उनिहरुलाई शालिग्राम मरासिनी संयोजक रहेको निर्वाचन समितिले चयन गरेको हो । गुरु प्रसाद मरासिनी र मदन शर्मा सदस्य रहेको सो निर्वाचन समितिले लेखा समिती समेत चयन गरेको हो । लेखा समिति संयोजकमा ख्याम राज शर्मा चयन भएका छन भने सदस्यहरुमा बसुन्धारा मरासिनी र टोप बहादुर भुजेल चयन भएका छन ।
अधिवेशनको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाकी नि वर्तमान नगर प्रमुख सिमा कुमारी क्षेत्रीले स्थापना कालमा बहुउद्देश्यीय उद्देश्य प्राप्तिका लागि बहुउद्देश्यीय सहकारी स्थापना गर्नु नै उचित हुन्छ भनेर स्थापनामा जोड दिएको बताइन । यस सहकारीको नेतृत्वदायी भुमिकामा महिला आउनुपर्नेमा जोड दिदै उनले स्रोत, साधन र अवसर भएपछि नहुने कुरा केही नभएको बताइन । एक फरक प्रसङ्गमा उनले नागरिक सचेतनाका लागि राजनीति नै देशको मुल नीति भएकाले सबैले बुझ्न जरुरी रहेको बताइन । उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना समेत व्यक्त गरेकी थिइन ।

कार्यक्रममा नेपाली काङ्ग्रेस वडा सभापति कमल कान्त उपाध्याय, नेकपा एमाले वडा कमिटी अध्यक्ष शालिग्राम मरासिनी, नेपाली कम्युनिष्ट पार्टी वडा न ३ का संयोजक डिल्लीराम शर्मा, सेयर सदस्यहरु केदार प्रसाद मरासिनी, भिम कुमारी उपाध्याय चन्द्र, टोप बहादुर भुजेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष गेम बहादुर मल्लले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै छरिएर रहेको पुजीलाई एकीकृत गरि बहुउद्देश्यीय उद्देश्य प्राप्त गर्नका लागी उत्पादनशिल क्षेत्रमा लगानी गरिदै आइएको बताए । उनले यो सहकारी सहकारी ऎन, नियम र मापदण्ड बमोजिम संचालन गरिएको दाबी गरे । यस्तै, कोषाध्यक्ष लेखनाथ शर्माले केही एजेन्डाहरु प्रस्ताव सहित सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी, ऋण संयोजक टेक बहादुर भुजेलले ऋण प्रतिवेदन, लेखा समिती सदस्य भानुभक्त शर्माले लेखा प्रतिवेदन, ऋण समिती सदस्य विश्वराज मरासिनीले सहकारी ऎन, निति र योजनाहरुका बारेमा जानकारी दिएका थिए ।
३५ जना सेयर सदस्यबाट सुरुवात भएको सहकारीमा हाल पुरुष १५४ पुरुष तथा महिला १७४ गरि ३ सय २८ जना सेयर सदस्य रहेका छ्न भने २ करोड ३१ लाख बढिको कारोबार गर्दै आएको छ ।
सो अवसरमा केही व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नियमित बचतकर्ता भिम बहादुर कुवर, असल सेवाग्राही डिल कुमारी मल्ल, ज्येष्ठ नागरिक सम्मान अन्तर्गत शालिक राम उपाध्याय, शोभा देवि शर्मा मरासिनी, शैक्षिक सम्मान तर्फ एस इ इ मा सर्वोत्कृष्ट लब्धाङक प्राप्त गर्ने युनि भुजेल, नितेश शर्मा, बहु आमायिक व्यक्ती याम बहादुर सेन, प्रबन्धक सम्झना शाही मल्ल, सहकारीका बजार प्रतिनिधि सुधा नेपाली रहेका छन भने नृत्य प्रस्तुत गरेकी युनिका भुजेललाई उत्प्रेरणाका लागि नगद सहित सम्मानित गरिएको थियो ।
सहकारीका अध्यक्ष गेम बहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ख्याम कुमारी मरासिनीले स्वागत एवं सचिव डाल बहादुर कुवरले संचालन गरेका थिए ।

पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।