

स्याङ्जामा कम्पनी प्रशासन तथा पुजी बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने भएको छ । स्याङ्जा सदरमुकाम स्थित स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा सो प्रशिक्षण कार्यक्रम हुने स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका महासचिव रविन्द्र के सि ले जानकारी दिए ।
उनले सो कार्यक्रम स्याङ्जाका लगानीकर्ता एवम् इच्छुक व्यवसायीहरुलाई लक्ष्यित गरिएको आधिखोला एक्सप्रेस डटकम लाई बताए ।

यहि शनिबार हुने कार्यक्रमको आयोजना स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले गर्नेछ भने नेपाल धितोपत्र बोर्डको सहकार्य रहनेछ । कार्यक्रममा उपस्थित हुनका लागि इच्छुक उद्योगि, व्यवसायी तथा लगानीकर्ताहरुलाई निमन्त्रणा गरि सकिएको आयोजकले जनाएको छ ।

Facebook Comments Box

पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।