राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल स्याङजाको दोस्रो जिल्ला अधिवेशन एक कार्यक्रमका विच पुतलीबजार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले आफ्नो पेशालाई मर्यादित बनाई नागरीकलाई सेवा प्रदान गर्न आग्रह गरिन् ।
उनले कोभिडको बेलामा स्वास्थ्यकर्मीहरुले राम्रो काम गर्दै आएको बताउदै रचनात्मक कार्य मार्फत नागरीकहरुलाई नेकपा एमालेमा समाहीत गर्न आग्रह गरिन् ।
कार्यक्रममा नेकपा एमाले स्याङजाका अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, जिल्ला उपसचिव तारा शर्मा, पुतलीबजार नगरपालिका उपप्रमुख महेश पुरी, नेकपा एमाले पुतलीबजार नगरपालिका अध्यक्ष भरत गोदार, आधिकारीक ट्रेड युनियन जिल्ला अध्यक्ष राजु मरासिनी, राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य खील प्रसाद पौडेल, स्थानीय निकाय कर्मचारी संघकी केन्द्रिय उपाध्यक्ष सृजना लामिछाने, आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रिय सदस्य ललीत थापा, पेशागत महासंघ स्याङजाका अध्यक्ष ताराचन्द्र ढकाल, निजामती कर्मचारी संगठन स्याङजाका अध्यक्ष अमर पराजुली, प्रतिनिधी विष्णुप्रसाद सुवेदी र उदय बहादुर पौडेल लगायतले मन्तव्य राखेका थिए ।
सोही अधिवेशनले विष्णुप्रसाद काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी अर्याल र विदुर सिग्देल, सचिवमा डिल्लीराम अधिकारी, सहसचिवमा युवराज थापा र कोषाध्यक्षमा छविलाल भण्डारी रहेका छन् । सदस्यहरुमा निर्देश पोखरेल, दुर्गादेवी थापा र लक्ष्मण उपाध्याय रहेका छन् । कार्यवाहक अध्यक्ष विष्णु प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन डिल्लीराम अधिकारीले गरेका थिए ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।