पुतलीबजारको मेयर पदका लागि डेढ दर्जन नेताको दाबी

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

बैशाख ३० गते हुने स्थानीय तहको चुनाबको मिति नजिकिदै जादा पुलतीबजार नगरपालिकामा मेयर पदका लागि नेताहरुको नाम चर्चा हुन थालेको छ । पुतलीबजार नगरपालिकाको मेयर पदमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजबादी र राप्रपाबाट नेताहरुको नाम चर्चामा आउन थालेको हो ।

नेकपा एमालेबाट पुतलीबजारको मेयर पदमा सिमाकुमारी क्षेत्री, महेश पुरी, दोबबहादुर कार्की, अनन्तकुमार श्रेष्ठ, भरत गोदार र दिपक लम्सालको नाम चर्चा रहेको छ भने नेपाली कांग्रेसबाट तुलसी रेग्मी, कुमार राना, भरत लम्साल, इन्द्रबहादुर गोदार, तुलसी गिरी, देवी अर्याल, किरणबन्धु अर्याल, अनुप श्रेष्ठ, सुरजकुमार अधिकारी र बेदप्रसाद दोरङ्गाको नाम चर्चामा छ । त्यसैगरी माओवादी केन्द्रबाट संघ ताम्राकार र मनबहादुर थापाको नाम चर्चामा छ भने एकिकृत समाजबादीबाट श्रीप्रसाद गुरुङ र राप्रपाबाट हिक्मतजंग कार्कीको नाम उच्च स्थानमा छ ।

त्यसैगरी पुतलीबजारको उपप्रमुखमा नेकपा एमालेबाट तारा शर्मा, ओमबहादुर खड्का र खड्कराज सुवेदीको नाम अग्रपंतीमा रहेको छ । उप्रमुखमा कांग्रेसबाट शक्तिचन्द्र अधिकारी, हिरादेवी शर्मा र तारा मल्लको नाम अगाडी रहेको छ । पुतलीबजार नगरपालिकामा साना पार्टीहरुले पनि उमेद्वारको चर्चा चलाए पनि नेकपा एमाले र नेपाली कांग्रेसका उमेद्वार विच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

एक गोप्य स्रोतका अनुसार पुतलीबजारमा एमालेबाट मेयरमा पुनः सिमाकुमारी क्षेत्री र उपमेयरमा दोवबहादुर कार्की छनौट हुनेछ भने कांग्रेसबाट यो समाचार तयार पार्दा सम्म ठोस कुरा बाहिर आउन सकेको छैन् । २०७४ सालमा भएको चुनाबमा एमालेबाट विजयी बनेकी सिमा कुमारी क्षेत्रीले १२ सय २० मत वढी प्राप्त गरेकी थिईन् भने उपप्रमुखमा महेश पुरीले १९ सय ४४ वढी मत प्राप्त गरी विजयी भएका थिए । पुतलीबजार नगरपालिकाका नेकपा एमालेको गडको रुपमा चिनिदै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *