नेकपा एमालेका नेता महेश बस्नेतले परमादेशको सरकारले जनतालाई मुल्य वृद्धिको उपहार दिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल वालिङ नगर कमिटिले आयोजना गरेको भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै एमालेका पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्री बस्नेतले जनताको दैनिकिलाई कष्टकर हुने गरी मुल्य वृद्धि हुँदा समेत सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए ।
डिजेल पेट्रोल, खानेतेल देखि खाद्यान्नमा अत्यधिक मुल्य वृद्धि भएका कारण सरकारले यसप्रति चासो नदिएको उनको भनाई छ । नेपाली कांगे्रसले लामो समय नेतृत्व गरेपछि कुनै ऐतिहासिक काम गर्न नसकेको ईतिहास रहेको उनले बताए ।
गठबन्धनको सरकारले नागरिकलाई भ्रम सृजना गर्ने बाहेक अन्य कुनै काम गर्न नसकेको उनको टिप्पणी छ । नेता बस्नेतले आगामी निर्वाचनमा जनताले नेकपा एमालेलाई दुईतिहाई मतका साथ विजयी गराउने उनको विश्वास छ ।
एमालेको सरकारले ऐतिहासिक कामहरु गरेका कारण जनताले फेरि पनि एमालेकै सरकार चाहेको बस्नेतको दावी छ । कार्यक्रममा गण्डकी प्रदेश सांसद मोहन रेग्मी, प्रदेश सदस्य हुमबहादुर गुरुङ, वालिङ नगरकमिटि अध्यक्ष शोभाकान्त पौडेल गायतले मन्तव्य राख्नुभएको थियो ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।