तत्काललाई टर्याे स्याङजामा गठबन्धन

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस स्याङजाले निर्वाचन क्षेत्र नम्बर १ मा रहेका वडाहरुमा उमेद्वारहरुको टुंगो लगाए सगै स्याङजामा गठबन्धन तत्काललाई टरेको छ । गठबन्धनमा रहेका दलहरु सग परामर्श नगरी वडा अध्यक्षहरुका उमेद्वार घोषणा गरेसगै तत्काललाई गठबन्धन टरेको हो ।

नेपाली कांग्रेस स्याङजाले गठबन्धन सग परामर्श नगरी वडाहरुमा कांग्रेसका मात्रै उमेद्वार छनौट गर्नु गठबन्धन विपरीत भएको बताए । गठबन्धन मध्येका एक पार्टीका केन्द्रीय सदस्यले अब स्याङजामा गठबन्धनको औचित्य सकिएको बताए ।

विहिबार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ स्याङजा आए लगत्तै क्षेत्र नंम्बर १ का केही वडाहरु बाहेक अन्य वडाहरुमा अध्यक्षहरुको उमेद्वार टुंगो लागेको थियो । गुरुङ र श्रेष्ठले एकलौटी तरीकाले वडाका उमेद्वार तय गरेको कांग्रेसकै कार्यकर्ताहरुबाट आरोप लागेको छ ।

गठबन्धनको टुंगो लगाउन अब एक पटक अन्य पार्टीहरु सग छलफल हुने कांग्रेस स्याङजाका प्रवक्ता भरत लम्सालले जानकारी दिए । लम्सालले सबैलाई चित्त बुझ्ने गरी बाकी वडाहरुमा उमेद्वारीको टुंगो लगाईने र बताए ।

नेपाली कांग्रेस स्याङजाले पुतलीबजार नगरपालिका १४ वटा वडाहरु र भिरकोट नगरपालिकाका ४ वटा वडाहरुमा उमेद्वारी तय गरेको जनाएको छ । कांग्रेसले पुतलीबजारको १ मा उत्तम श्रेष्ठ, २ मा बालकुमार गुरुङ, ३ मा राजेन्द्र श्रेष्ठ, ४ मा शिव थापा, ५ मा अर्जुन कार्की, ६ मा किसान कार्की र ७ मा इम बहादुरलाई उमेद्वार बनाएको छ ।

त्यसैगरी पुतलीबजारको ८ मा यमबहादुर सेन, १० मा अग्नी पौडेल, ११ मा मनोज पौडेल, १२ मा खेम गुरुङ, १३ मा जगत कोईराला र १४ मा जितेन्द्र मल्ललाई उमेद्वार बनाएको कांग्रेस स्रोतले बताएको छ ।

सोही अनुसार भीरकोट नगरपालिकाको १ मा क्षेत्रबहादुर थापा, २ मा श्यामकाजी अधिकारी र रमेश पौडेल मध्ये एक, ३ मा केशरबहादुर क्षेत्री र ४ मा प्रकाश श्रेष्ठको उमेद्वारी रहने छ । गठबन्धन भए चापाकोट नगरपालिकामा हुने एक वडा अध्यक्षका उमेद्वारले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *