स्वतन्त्र उमेदवारका कारण पुतलीबजार १० र ११ मा कांग्रेसलाई अप्ठ्यारो

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

यही बैशाख ३० गते अधिराज्यभर रहेको ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्वका लागि निर्वाचन हुदै छ । नेकपा एमालेको पकड रहेको पुतलीबजार नगरपालिका अन्तरगतका १० र ११ नम्बर वडामा अध्यक्ष पदमा स्वतन्त्र उमेद्वारका कारण नेपाली कांग्रेसलाई अप्ठ्यारो हुने भएको हो ।

नेपाली कांग्रेस पार्टीमा धेरै समस्याहरु रहेकाले आफुले पुतलीबजार नगरपालिकाका १० को अध्यक्ष पदमा स्वतन्त्र तर्फ उमेदवारी दिएको स्थानीय युवा तथा सुन्तला कृषक मुक्ति अधिकारीले बताए । पुतलीबजार नगरपालिका १० का अध्यक्ष पदका स्वतन्त्र उमेदवार अधिकारीले आफुले चुनाव जितेको खड्मा कृषि क्षेत्र लगाएत अन्य क्षेत्रमा धेरै काम गर्ने बताए ।

१४ वटा वडाहरु रहेको पुतलीबजार नगरपालिकामा यस अघि १० वटा वडाहरु नेकपा एमालेले विजयी हासिल गरेको थियो भने ४ वटा वडाहरु नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो । यस अघि पुतलीबजार नगरपालिका १० को वडा अध्यक्षमा दुर्गा बहादुर शाहले र ११ को वडा अध्यक्षमा भवानी प्रसाद लामिछाने विजयी भएका थिए ।

टिकट वितरणमा पार्टीले गुटगत भागबन्डा गरेकाले आफुले पुतलीबजार नगरपालिका ११ को अध्यक्षमा स्वतन्त तर्फ उमेदवारी दिएको समाजेवी तथा बगैचा भेलेज इनका संचालक उपेन्द्र अर्यालले बताए । उनले युवाहरुको माग बुझ्न र आफ्नो अभिमत बुझ्न आफुले स्वतन्त्र तर्फ उमेद्वारी दिएको बताए ।

पुतलीबजार नगरपालिका १० मा स्वतन्त्र उमेद्वार अधिकारीका कारण यसपाली नेकपा एमालेका वडा अध्यक्ष पदका उमेद्वार गौतम थापा विष्णु विजयी हुने धेरैको आकलन रहेको छ भने ११ मा स्वतन्त्र उमेदवार अर्यालका कारण एमालेका उमेदवार मोती रेग्मी विजयी हुने अनुमान रहेको छ ।

यस अघि पुतलीबजार नगरपालिका १० को निर्वाचनमा विजयी शाहले ७ सय ५४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी एमालेका किशोर कुमार श्रेष्ठले ४ सय ४५ मत प्राप्त गरेका थिए । त्यसैगरी ११ मा लामिछानेले ८ सय २१ मत प्राप्त गरि विजयी भएका थिए भने उनका प्रतिद्धन्दी एमालेका ऋषी कुमारी अर्यालले ३ सय २९ मत ल्याएकी थिईन् ।

३० गतेको निर्वाचनका लागि पुतलीबजार नगरपालिका १० मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा अग्नी प्रसाद पौडेल र ११ मा मनोज कुमार पौडेल उमेदवार बनेका छन् । निर्वाचन आयोगले स्वतन्त्र तर्फ उमेदवार रहेको १० नम्बरका अधिकारीलाई जेब्रा (बन घोडा) र ११ नम्बरका अर्याललाई पुतली चुनाव चिन्ह प्रदान गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *