



राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले बृक्षारोपण गरेको छ । युवा संघको देशव्यापी अभियान अन्र्तगत स्याङ्जाको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा बृक्षारोपण गरि शुरु गरिएको हो । एक युवा ५ फलफुलका विरुवा सामुदायिक विद्यालय परिसरमा भन्ने अभिप्रायका साथ मंगलबार सिद्धार्थ बहुमुखी क्याम्पसमा बृक्षारोपण गरिएको हो ।
बृक्षारोपणको उद्दघाटन नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य तथा प्रदेश सांसद सुधिर कुमार पौडेलले गरेका थिए । कार्यक्रममा सांसद पौडेलले युवा संघले राम्रो कार्यको शुरुवात गरेको भन्दै विद्यार्थीलाई व्यवहारिक ज्ञानमा समेत अग्रसर बनाउनुपर्ने बताए ।

विद्यार्थीलाई व्यवसायिक रुपमा समेत फलफुल खेतिमा अगाडि बढाउन मद्दत गर्ने भन्दै युवा संघले युवाहरुको विकासको लागी यस्तै रचनात्मक कार्य गर्नुपर्नेमा सांसद पौडेलको जोड छ । कार्यक्रममा युवा संघका जिल्ला अध्यक्ष पिताम्बर खनाल शुसिलले जिल्लाका हरेक सामुदायिक क्याम्पस तथा विद्यालयहरुमा यो अभियान सञ्चालन गरिने बताए ।

आँप, लिचि, रुख कटहर, नास्पती, अम्बा, अमला, एभोकाडो लगायतका विरुवा रोपण गरिएको युवा संघका सचिव राधाकृष्ण शर्माले जानकारी दिए । उनले यो अभियान जिल्लाका सबै विद्यालयहरुमा संचालन गरिने बताए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
