स्थानीय तहको निर्वाचन ९ दिन बाकी रहदा जिल्लामा क्रियाशील राजनैतिक दल चुनाव प्रचार प्रसारमा व्यस्त रहेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपाले घर दैलो तथा कोणसभा सम्पन्न गरेका छन् । सोही कार्यक्रम अन्तगत बुधबार नेकपा एमालले पुतलीबजार नगरपालिकाको पुतलीखेत, बाड्खोला, ढडुवा र काफडाडामा घर दैलो तथा कोण सभा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा पुतलीबजार नगरपालिका मेयर पदकी उमेदवार सिमाकुमारी क्षेत्रीले बाड्खोला, आँधिखोला र अरौधि खोलाको संगम स्थलमा रहेको फोहोरलाई व्यवस्थीत गर्न मालेबगर नजिकै फोहोर मैला प्रसोधन केन्द्र निर्माण गरिएको बताउदै तिन नदिको संगम स्थललाई धार्मीक स्थल बनाउन डिपीआर भैसकेको बताईन् ।
उनलले पुतलीबजार नगरपालिका भित्रका सडकहरुलाई स्तर उन्नती गर्ने कार्यक्रम रहेको बताउदै सडक संजाल विस्तार गर्न आफुले नेपाल सरकारसग ५६ कारोडको सम्झौता गरेको जानकारी दिईन् । मेयर पदकी उमेदवार क्षेत्रीले नेपाली कांग्रेसले मतदाताहरुलाई आर्थिक लोभ देखाउदै रकम बाढेको बताउदै आर्थिक लोभमा १÷२ हजारमा अस्थीत्व नबेच्न पालीकाबासी मतदाताहरुलाई आग्रह गरिन् ।
कार्यक्रममा उपप्रमुखका उमेदवार महेश पुरीले पालिकामा आवश्यक नियमहरु पास भएकाले आगामी दिनहरुमा थप काम गर्न सहज हुने बताए । कार्यक्रममा पुतलीबजार नगरपालिका ३ का वडा अध्यक्ष पदका उमेदवार अमृत कुमार श्रेष्ठ, नेकपा एमालेका नेता मोती प्रसाद पौडेल, समाजसेवी हाजी शेर अली र माओवादी केन्द्रका शालिकराम मरासिनी लगाएतले मन्तव्य राखेका थिए । उनीहरुले ५ वर्षमा पुतलीबजार नगरपालिकाले फड्को मारेको बताउदै पालिकामा नयाँ तथा रचनात्मक कार्य संचालनका लागि नेकपा एमालेका उमेद्वारलाई विजयी गराउन अनुरोध गरे ।
सिद्धिमान कुमारलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचानल नेकपा एमाले जिल्ला सदस्य अनन्त कुमार श्रेष्ठले गरेका थिए । त्यसैगरी पुतलीबजार नगरपालिका–४ मा पनि घरदैलो तथा ¥याली कार्यक्रम सम्पन्न भएको थियो ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।