पुतलीबजार ११ र १२ मा चुनावी सभा सम्पन्न

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट पुतलीबजार नगरकमिटिको आयोजनामा पुतलीबजार नगरपालिका ११ र १२ को फापरथुम र चरीमारामा नेकपा एमालेको चुनावी सभा सम्पन्न भएको छ । चुनाव प्रसार प्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश सदस्य अमृता अर्यालले आगामी दिनमा राम्रो काम गर्न एमालेका उमेद्वारहरुलाई सुर्य चिन्हमा मतदान गरि विजयी गराउन अनुरोध गरिन् । उनले सक्रियताका साथ चुनावी प्रचार प्रसार गर्दै घरदैलो कार्यक्रमको आयोजना गरिएको बताईन् ।

कार्यक्रममा नेकपा एमाले स्याङजा जिल्ला ककिटी सदस्य तथा जिफन्ट स्याङजाका जिल्ला ईन्चार्ज सुवास खाती सुनार, कार्यपालिका सदस्य बाबुकाजी जिटी, १२ नं. वडा अध्यक्ष दुतप्रसाद गुरुङ, नेकपा एमाले पुतलीबजार ११ अध्यक्ष जिवन पौडेल, ११ नं. अध्यक्ष पदका उमेद्वार मोती रेग्मी, १२ नं. अध्यक्ष पदका उमेद्वार गन्जसिंह गुरुङ, जिफन्ट सदस्य कृष्ण आले वि.क., भीम बहादुर सार्की, सुकमाया नेपाली, जिफन्ट नगर अध्यक्ष उमादेवी बस्याल, जिफन्ट सदस्य सनबहादुर गुरुङ र जिफन्ट नगर सचिव भीमा थापा लगाएतले उमेद्वारहरुको विजयीको सुभकामना व्यक्त गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.