पुतलीबजार नगरपालिका १० राङखोलामा नेकपा एमाले नेता तथा कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल विरुद्ध नाराबाजी लगाएको छन् । एमालेको ¥यालीमा आक्रमण गर्ने एक युवालाई प्रजिअको निर्देशनमा प्रहरीले नियन्त्रण पश्चात छोड्न खोजेको आरोप लगाउदै प्रजिअ विरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरुले सिडियो स्याङजा छोड र राजिनामा दे जस्ता नारा लगाएका थिए । यसबारे प्रमुख जिल्ला अधिकारी पौडेल सग सम्पर्क गर्दा फोन उठेन । करिब दिउसो २ बजे देखी साझ ५ बजे सम्म सिद्धार्थ राजमार्ग समेत अवरुद्ध बनेको थियो । दोषीलाई कारबाही गर्ने सहमती सगै राजमार्ग शुचारु भएको थियो । पुतलीबजार नगरपालिका १० का वडा अध्यक्ष पदका उमेद्वार गौतम थापा विष्णु घाईते भएको छन् ।
पुतलीबजारको नागडाडा देखी हेलु सम्म नेकपा एमालेले आयोजना गरेको चुनावी ¥यालीमा प्रजिअको संरक्षणमा कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेको नेकपा एमाले पुतलीबजार नगरकमिटि अध्यक्ष भरत गोदारले आरोप लगाए । उनका अनुसार पहिल्यै नियन्त्रणमा लिईएको युवालाई जिल्लामा ल्याएर कारबाही गर्नुको सट्टा प्रहरी विच बाटोमै छाडेका थिए ।
घटना पश्चात प्रमुख जिल्ला अधिकारी राजु पौडेलको कार्यकक्षमा भएको बैंठकमा नेकपा एमाले युवा नेता भरत गोदारले प्रमुख जिल्ला अधिकारी पौडेल नेपाली कांग्रेसको कार्यकर्ता भएर काम गरेको आरोप लगाएका थिए । सोही बैठकमा गोदारले प्रमुख जिल्ला अधिकारी पौडेलसग टेबुलमा टसल गरेका थिए ।
राङखोला चोकमा गर्ने भनिएको कोण सभा शहिद चोक स्याङजामा भएको थियो । कार्यक्रमलाई नेकपा एमाले केन्द्रिय सदस्य सिता कुमारी सुन्दास नारायण मरासिनी, पुतलीबजार नगरपालिका मेयर तथा केन्द्रिय सदस्य सिमाकुमारी क्षेत्री, संघीय साम्सद नारायण प्रसाद मरासिनी र अमृत नेपाली लगाएतले मन्तव्य राखेका थिए ।
उनीहरुले नेपाली कांग्रेसले चुनाब जित्न पुतलीबजार नगरपालिकाले पहिला नै संचालन गरिसकेका कार्यक्रमहरुको प्रलोभन देखाएको बताए । उनीहरुले कांग्रेसले देखाएको ललिपपमा कोही जनता नझुक्कीने बताए ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।