पुतलीबजार नगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित देखिएको छ । नेकपा एमाले पुतलीबजार नगरको व्यापक चुनाव प्रचार प्रशार, कार्यकर्ता भेटघाट तथा घर दैलो अभियानबाट पुतलीबजार नगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित भएको हो ।
३७ हजार ७ सय ८ मतदाता रहेको पुतलीबजार नगरपालिकामा १ हजार ५ सय देखी २ हजार सम्म मतान्तरले नेकपा एमाले पुतलीबजार नगरपालिकाले जित हासिल गर्ने नेकपा एमाले गण्डकी प्रदेश सदस्य दिपक लम्सालको अनुमान रहको छ । उनले पुतलीबजार नगरपालिकामा नेकपा एमालेले विजयी हुने बताउदै पालिकाबासीहरुलाई आफ्नो मत खेरा नफाल्न सुर्यमा मत हाल्नुपर्ने बताए ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचन अन्तरगत पुतलीबजारमा १ हजार २ सय २० मतले नेकपा एमालेकी तत्काली प्रदेश कमिटि सदस्य सिमाकुमारी क्षेत्री विजयी भएकी थिईन् भने १ हजार ९ सय ४४ बढी मत प्राप्त गरी उपप्रमुख महेश पुरी विजयी भएका थिए । सोही निर्वाचनमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति तुलसीराम रेग्मी मेयरमा र हिरादेवी शर्मा उपप्रमुखमा भारी मतले पराजीत भएका थिए ।
पूर्व मेयर क्षेत्री र पूर्व उपमेयर पुरीको पालामा धेरै विकासका कामहरु भएको बताउदै आगामी दिनमा अझै विकास गर्न शुक्रबार हुने निर्वाचनमा एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गरि एमालेका उमेद्वारहरुलाई निर्वाचित बनाउनुपर्ने नेकपा एमाले पुतलीबजार नगरका अध्यक्ष भरत गोदारले बताए । उनले पुतलीबजार नगरपालिका एमालेको गढ रहेको बताउदै एमालेको नेतृत्वले मात्रै नगरबासीको पक्षमा काम गर्न सक्ने बताए ।
१४ वटा रहेको पुतलीबजार नगरपालिकामा २ वटा वडा बाहेक १२ वटा वडाहरुमा नेकपा एमालेका वडा अध्यक्ष पदका उमेद्वारहरु भारी मतले विजयी हुने धेरैको अनुमान रहेको छ । त्यस मध्ये कडा प्रतिशप्रर्धा हुने वडाहरुमा ५ र ११ नम्बर रहेका छन् । ती मध्ये ५ मा एमालेले राप्रपा सग तालमेल गरेको छ भने ११ मा अलोकप्रिय उमेद्वारका कारण ति २ वडामा पनि एमालेले जित्न सक्नेछ ।
बाहिर आए जस्तो नेकपा एमाले पुतलीबजारमा समस्या नभएको बताउदै उपप्रमुखका उमेद्वार महेश पुरीले पुतलीबजारमा एमालेलाई मत दिन मतदाताहरु सग अनुरोध गरे । उनले पुतलीबजारमा नेपाली कांग्रेसले फैलाएको भ्रम नगरवासीले इन्कार गर्ने बताउदै नेपाली कांग्रेस हल्लाको पछि लाग्ने पार्टी भएको तर्क गरे । नेकपा एमालेले मात्रै पुतलीबजारको विकास गर्न सक्ने बताए ।
पुतलीबजारका १४ वटा वडाहरु मध्ये १, २, ३, ४, ६, ७, ८, ९, १०, १२, १३ र १४ वडाहरुमा भारी मतले नेकपा एमाले विजयी हुने नेकपा एमाले स्याङजाले जनाएको छ । यस अघि पनि १० वटा वडाहरुमा एमाले विजयी भएको थियो । कार्यालयका स्रोत अनुसार ५ मा राप्रपा सग तालमेल भएको र ११ मा नेपाली कांग्रेसका उमेद्वार व्यवहारी नभएकोले ती वडाहरुमा पनि एमालेले जित्ने ठम्याई रहेको छ । त्यसैगरी धेरै वडाहरु सहित पुतलीबजारमा नेकपा एमाले विजयी हुन सक्ने एक अनुसन्धान संस्थाले जानकारी दिएको छ ।
संघीय साम्सद नारायण प्रसाद मरासिनीले प्रतिष्ठाको लडाई भएकाले पुतलीबजार नगरपालिकामा नेकपा एमालेका उमेद्वाहरुलाई विजयी बनाउनुको विकल्प नरहेको बताए । उनले मेयर पदकी उमेद्वार सिमाकुमारी क्षेत्री र उपप्रमुख पदका उमेद्वार महेश पुरी सहित सबै वडाका अध्यक्ष तथा सदस्यहरुलाई भारी मतले विजयी गराउन नगरबासीहरुमा अग्रह गरे ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।