



नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न नपाइने बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवशको अवसरमा राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा गल्याङमा ओयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै एमाले सचिव अर्यालले सो कुरा बताएकी हृुन् ।
देशको अर्थिक अवस्था चौपट हुने दिशा तर्फ गहिरहेका बेला देशका प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर देशको प्रमुख समस्या समाधान गर्नुपर्नेमा केही ठुला राजनीतिक दलहरुको देशको भन्दा दलिय चिन्ताका कारण गठबन्धनमा लागेर देशको प्रमुख समस्यालाई नजरअन्दाज गरेको बताईन् । मुलुकबाट राणा, पञ्चायत र राजा दलहरुको संयुक्त अन्दोलनका बलमा मात्रै फेकिएकोले नै पुष्पलालका विचारहरु कति दुरदर्शी रहेछन् भन्ने कुराको पुष्टि भएको नेतृ अर्यालको भनाइ थियो ।

पुष्पलाले रोपेको फूल अहिले देशैभरि फैलीएको छ र ६ जनाले स्थापना गरेको पार्टीमा अहिले लाखौ लाखको हातमा कम्युनिष्ट पार्टीको झण्डा पुगेको उनले बताईन् । पुष्पलालको आदर्श समाजको बिभेद अन्त्य गरेर समतामुलक समाजको निर्माण गर्ने बताउँदै उनले पुष्पलालको विचारलाई पछिल्लो समय मदन भण्डारी, मनमोहन अधिकारी हुदै अहिले केपी शर्मा ओलीले नेतृत्व गरेको बताईन् ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, एमाले गल्याङ नगर अध्यक्ष दानबहादुर गुरुङल गायतले युवा संघले पुष्पलापको स्मृतिमा निकै रचनात्मक कार्य गरेको बताए । कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाका अध्यक्ष किसान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत शुसिल खनाल र संचालन मिलन भण्डारीले गरेका थिए ।
क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका युवाहरुको सहभागिता रहेको थियो । संकलित ८६ युनिट रगत क्षेत्रिय रक्तसंचार केन्द्र पोखरा लगिएको छ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
