पुतलीबजारमा नर्सरी ब्यवस्थापन तालिम

आँधिखोला सेरोफेरो कृषि समाचार समाज

पुतलीबजार नगरपालिका र यूएनडिपिको आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित हरित पुनरूत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रम अन्तरगत पुतलीबजार १ मा नर्सरी ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।

तालिममा पुतलीबजार १ का १५ वटा टोलका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । प्रत्येक टोलमा एक तरकारी नर्सरी स्थापना गर्ने र सो नर्सरीबाट उत्पादित बिरुवा सबै घरधुरीमा पुराई करेसाबारीबाट तरकारी उत्पादनमा हरेक घरधुरीलाई आत्मनिर्भर बनाउन पहल गरिने कार्यक्रमको उद्देश्य रहेको छ ।

यस कार्यक्रम अन्तरगत सबै टोललाई निशुल्क बीउ विजन र तरकारी नर्सरीका लागि आवश्यक सामाग्री उपलब्ध गराईनेछ । तालिम नगरपालिकाका २ सय ९५ वटै टोलका प्रतिनिधिलाई १४ वटै वार्डमा गएर संचालन गरिने सूर्योदय क्लवले जनाएको छ । कार्यक्रमले हरेक घरमा तरकारीको केही प्रतिशत हिस्सा भएपनि पूर्ति गराई आयात प्रतिस्थापन हुन मद्दत पुग्ने पुलतीबजार १ का वडा अध्यक्ष उत्तमकुमार श्रेष्ठले बताए ।

सूर्योदय क्लका अध्यक्ष अनन्तकुमार श्रेष्ठले परियोजना अन्तरगत संचालन हुने कार्यक्रमको जानकारी गराउदै हरेक घर उत्पादनको ईकाई हुनु पर्ने बताए । तालिममा सैद्धान्तिक ज्ञानका साथै प्रोगात्मक रुपमा समेत सञ्चालन गरिएको थियो । कार्यक्रम संयोजक पुजा अर्याल, गोविन्द शर्मा, कृषि प्राविधिक प्रेम रेग्मी पुतलीबजार नपाका कृषि प्राबिधिक भुपेन्द्र वलिले सहजिकरण गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *