हरीनासमा उद्यमीहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न

आँधिखोला सेरोफेरो कृषि समाचार समाज

हरीनास गाउँपालिका–७, कोइरालेमा गरिबि निवारणका लागी लघुउद्धम विकास कार्यक्रम अन्तरगत शिप विकास तालिम प्राप्त उद्यमीहरुका लागी प्रविधि हस्तान्तरण र प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । हरीनास गाउँपालिकाको आर्थिक सहयोग र संगम तालिम तथा परामर्श केन्द्र म्याग्दीको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै हरीनास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोख्रेलले सहभागीहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा उतारेको खण्डमा मात्रै तालिमको औचित्य रहने बताउदै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गरे । उनले पालिकाले उद्यमीका लागि विभिन्न कार्यक्रम ल्याएको बताउदै पालिकासग जोडिएर काम गरी उद्यमीहुन आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य कृष्णप्रसाद सुवेदी र दिपक सुवेदी लगाएतले मन्तव्य राखेका थिए । हरीनास गाउँपालिका–७, का वडा अध्यक्ष भरत थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम फोकल पर्सन एवम् योजना अधिकृत महेश्वर अर्यालले गरेका थियो भने स्वागत मन्तव्य गाउँपालिका सदस्य धनमाया रानाले राखेकी थिईन् ।

कार्यक्रममा पालिकाका ८२ जना उद्यमीहरुलाई प्रविधिहरु, सिलाई कटाई मेशिन, मौरीघार सेट, टनेल, अन्य भाडा वर्तन हस्तान्तरण गरिएको थियो । आर्थिक वर्ष २०७८÷७९ को संघिय सरकारबाट हस्तान्तरित बजेटबाट कार्यक्रम संचालन गरिएको पालिकाले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *