गण्डकी प्रदेश सभा सदस्य पौडेलद्धारा निर्वाचन खर्च सार्वजनिक

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

स्याङजा निर्वाचन क्षेत्र नम्बर २ अन्तगरतको प्रदेश सभा ख बाट निर्वाचित नेकपा एमालेका सांसद सुधिरकुमार पौडेलले मंसिर १० गते भएको निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत ८ लाख ८५ हजार ६ सय ६८ रुपैयाको खर्च सार्वजनिक गरेका हुन् ।

गण्डकी प्रदेश सभा सदस्य पौडेलले चुनावमा फोटोकपी, छपाई, प्रचार प्रसार र खाना तथा नस्तामा खर्च गरेको उनका निजी सचिव दिपेन्द्र पौडेलले जानकारी दिए । खर्चविवरण सार्वजनिक गर्ने गण्डकी प्रदेश सभा सदस्य पौडेल स्याङजामा पहिलो हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *