माधव लक्षित झलनाथको कटाक्षः दुई जना मन्त्री बनाएर पार्टी बन्दैन

राजनीति समाचार समाज

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले पार्टी बनाउनका लागि श्रमीक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी रहेको बताए । खनालले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरबिरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले जनतालाई दलाल पुँजीवादका बिरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताए ।

खनालले नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गरे । उनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मा ठूलो असन्तुष्टि रहेको बताए । उनले नेपाली समाजमा संकट नै संकटको श्रृंखला रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरु ल्याउन नसकेको बताए । खनालले सामन्तवादका अवशेषहरु समाजमा व्याप्त रहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *