चालु आर्थिक बर्षमा स्वास्थ्य कार्यालय स्याङ्जालको आर्थिक प्रगति ७६ प्रतिशत

आँधिखोला सेरोफेरो समाचार समाज स्वास्थ्य

स्वास्थ्य कार्यालय स्याङ्जालले चालु आर्थिक बर्षमा गरेका सम्पादित क्रियाकलापहरु सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षको प्रगति विवरण पेश गर्दै स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले वित्तिय प्रगतिमा ७६ प्रतिशत र भौतिक प्रगतिमा ९८ प्रतिशत कामहरु भएको बताईन् ।

राष्ट्रिय खोप, मातृ र नवजात शिशुको अवस्था, परिवार नियोजनको अवस्था, पोषण कार्यक्रम, स्वास्थ्यकर्मीलाई तालिम, रोग नियन्त्रण कार्यक्रम, स्वास्थ्य तथा सुचना सहित शिक्षा कार्यक्रम, स्वास्थ्य कार्यालयको पुँजीगतबाट सम्पन्न गरिएको कामहरु र चुनौतीका बारेमा भएका कार्यसम्पादनका बिषयमा उनले जानकारी दिईन् ।

स्वास्थ्यका गतिविधि अहिले स्थानीय सरकारबाट पनि भइरहेको र स्वास्थ्य कार्यालयले पनि त्यसलाई सहजकिरणमा महत्वपुर्ण भुमिका खेलेको शर्माले बताईन् । कार्यक्रममा समन्वय प्रमुख जिटीलेले नीजि क्षेत्रले स्वास्थ्य र शिक्षामा नागरिकलाई महङ्गोमा सेवा दिइरहेकाले त्यसको कडाईका साथ अनुगमन गर्नुपर्ने बताए ।

सरकारले शिक्षा र स्वास्थ्यलाई निशुल्क भनिएपनि नागरिकको त्यस्तो सेवामा अझै पहुँच पु¥याउन नसक्नु दुखद भएको बताए । संघियताले गाउँ—गाउँमा बनेका स्वास्थ्य संस्थाको सुदृढिकरणमा समस्या हुने गरेको जिटीको भनाई छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *