नेपाल निजामती कर्मचारी संगठन स्याङ्जा जिल्ला कार्य समितिले शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा बालगृहलाई खाद्यान्न प्रदान गरेको छ । संगठनले फेदिखोला गाउँपालिका वडा नं. १ कटुस्वारामा रहेको अमोर सेवा नेपालद्धारा संचालित बालगृहका लागी खाद्यान्न हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा फेँदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले अभिभावक विहिन बालबालिकाहरुको अभिभाकत्व लिईरहेको बालगृहलाई सबैले सहयोग गर्दै आएको बताए । बालगृहको व्यवस्थाापनका लागी पालिकाले समेत सहजीकरण गर्दै आएको भन्दै विभिन्न अवसरहरुमा विभिन्न समाजसेवी व्यक्तिहरुले बालगृहमा सहयोग गर्दै आईरहेको भन्दै उहाँहरुको सहयोगले बालगृह संचालन भएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य निरमाया कार्की, संग्ठनका केन्द्रिय सदस्य राजु मरासिनी, पेशागत महासंघ अध्यक्ष ताराचन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए । संगठनका अध्यक्ष अमरबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव राजेश कुंवरले गरेका थिए भने स्वागत रमेश विक र धन्यवाद बालगृहकी संचालिका कमला पराजुलीले गरेकी थिईन् ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।