माघ ५ गते बिहीवार सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ […]

Continue Reading

सहकारी संघ स्याङजाको साधारण सभा सम्पन्न

जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङजाको १० औं वार्षिक साधारण सभा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेलले सरकारीहरु निती, विधी र प्रविधिमा चल्नुपर्नेमा जोड दिए । उनले बर्तमान समयमा सहकारीको वदनाम भएको बताउदै सरकारीहरुलाई सरोकारवाला निकायहरुले खबरदारी गर्नुपर्ने बताए । कार्यक्रममा नेप्कनुका पूर्व सल्लाहकार […]

Continue Reading

पुतलीबजार नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

पुतलीबजार नगरपालिकाले वडा नं. १४ को सतौकोटमा प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९।८० को प्रथम चौमासिक अवधिमा भए गरेका योजना तथा कार्यक्रमहरुको समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले जिल्ला अस्पतालमा डायलसिस निशुल्क शुरु गरिएको बताए । उनले लामागे चण्डीस्थानको सडक […]

Continue Reading

स्याङजाको पेट्रोल पम्पमा प्रशासनको सिल

मिसावट पेट्रोल विक्रि वितरण गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय स्याङजाले नेपाल पेट्रोलियम सप्लायर्सलाई सिल गरेको छ । सेवाग्राहीको गुनोसा आएपछी प्रसाशनले पुतलीबजार नगरपालिका ३ बाड्खोलामा रहेको पम्पशिल गरेको हो । तेलका कारण सवारी साधनहरुमा खराबी आएको गुनासो आएपछी पम्प शिलगरिएको प्रशासनले जानकारी दिएको छ । पम्पशिल गरी दक्ष प्राविधिक मार्फत अनुसन्धान भैरहेको प्रमुख जिल्ला अधिकारी […]

Continue Reading

आँधिखोलाको १२ औं गाउँसभा सम्पन्न

आँधिखोला गाउँपालिकाको १२ औं गाउँसभा पालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँसभामा सभा अध्यक्ष विश्वनाथ पौडेलले आँधिखोला गाउँपालिकाको आगामी ५ वर्षे कार्य दिशा प्रस्तुत गरेका थिए । सोही गाउँसभामा उपाध्यक्ष सिता थापाले आर्थिक वर्ष २०७९।८० को संसोधीत वजेट वक्तव्य प्रस्तुत गरेकी थिईन् । साथै शिक्षा ऐन २०७५ को पहिलो संसोधन २०७९ र आँधिखोला गाउँपालिकाको विजियोजन […]

Continue Reading

निर्वाचन आयोगद्वारा समीक्षा कार्यक्रम सम्पन्न

निर्वाचन आयोगद्वारा स्याङ्जामा निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आयोगले स्याङ्जा सदरमुकाम पुतलीबजारमा निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । प्रदेश तथा प्रतिनिधि सभा २०७९ निर्वाचन समीक्षा कार्यक्रममा निर्वाचन आयोगका आयुक्त जानकी कुमारी तुलाधर, मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश रोमाकान्त ज्ञवाली, प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री लगायतले निर्वाचनसँग सम्बन्धित कर्मचारी र करिब […]

Continue Reading

क्रिकेटर लामिछानेलाई धरौटीमा छोड्न अदालतको आदेश

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । उनलाई विदेश जान रोक लगाइँदै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको उच्च अदालत पाटनले जनाएको छ । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई धरौटीमा छोड्न […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डलाई मोदीले दिए बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय समकक्षीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ट्वीट गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन् । नेपाल र भारतको बीचमा सांस्कृतिक र जनता जनता बीचको सम्बन्ध रहेको भन्दै उनले मैत्रिपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सँगै मिलेर काम गर्ने उल्लेख गरेका छन् । रोशन […]

Continue Reading

नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ आज

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार आज नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय […]

Continue Reading

सागर बाबुको ‘जिन्दगीको रीत’ गीतगजल संग्रह विमोचन

कबि तथा गीतकार सागर बाबु (बुद्धिसागर लामिछाने)द्धारा लिखित जिन्दगीको रीत नामक गीतगजल संग्रह शनिवार स्याङ्जाको पुतलीबजार नगरपालिकामा विमोचन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, स्याङ्जा साहित्य प्रतिष्ठानका सभापति विश्वप्रेम अधिकारी, पुतलीबजार नगर कार्यवाहक प्रमुख मनोज पौडेलले संयुक्तरुपमा विमोचन गरेका हुन् । लोकार्पण कार्यक्रमका समन्वय प्रमुख जिटीले सागर बाबु निजामति सेवामा क्रियाशिल रहेर […]

Continue Reading