विश्व हिन्दु युवा संघ स्याङ्जाको “एक घर ,एक गीता अभियान”, अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीका विद्यार्थीलाई गिता वितरण

News समाचार समाज

विश्व हिन्दु युवा संघ स्याङ्जाले एक घर, एक गिता अभियान संचालन गरेको छ । सो अभियान अन्तर्गत संघले स्याङ्जाको अर्चुनचौपारी गाउपालिका १ स्थित अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीमा गिता पुस्तक वितरण गरेको हो ।

विद्यालयमा ८ देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई गीता पुस्तक वितरण गरेको विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले जानकारी दिए । उनले गीता पुस्तकले हामीलाई दर्शन, नैतिक र धर्मको कुरा सिकाउने हुँदा गिता अत्यन्तै महत्वपुर्ण रहेको बताए । हरेक हिन्दुको घरमा गीता पुस्तक अनिबार्य हुनुपर्ने कुरामा उनको जोड थियो ।

कार्यक्रममा अर्जुनचौपारी १ का वडा अध्यक्ष रण बहादुर थापा, विद्यालयका प्रिन्सिपल मेघ राज केसि, विश्व हिन्दु युवा संघ स्याङ्जाका सदस्य भिम बहादुर रोका लगायतले गिता पुस्तकसंग सम्बन्धित रहेर आआफ्नो धारणा राखेका थिए । केहि दिन अघि मात्रै संघले पन्चकन्या मा वि मा पुस्तक वितरण गरेको थियो । यो अभियान तिब्रताका साथ अगडी बढाईने कुरा समेत संघ स्याङ्जाका अध्यक्ष पौडेलले बताए ।

संघले जिल्लामा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ । संघले स्याङ्जामा विद्यालय तहमा नैतिक शिक्षा लागु, एक पालिका एक सस्कृत पुस्तकालय, सस्कृत भाषा कक्षा सन्चालन, गीता पुस्तक वितरण अभियान, पृथ्वी जयन्तीमा सार्वजनिक बिदा जस्ता अभियान सन्चालन गर्दै आएको छ । सोहि कार्यक्रम अन्तर्गत संघले गीता वितरण अभियानलाई अगाडि बढाएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *