मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम : जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई टि भि सेट हस्तान्तरण

News अर्थ समाचार समाज

मुक्तिनाथ विकास बैंक लिमिटेडले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई टि भी सेट हस्तान्तरण गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आयोजित कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई टि भी सेट हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई टि भी सेट हस्तान्तरण गर्दै मुक्तिनाथ विकास बैंक लिमिटेडका संचालक समिति सदस्य भरत प्रसाद लम्सालले प्रहरीसंग मुक्तिनाथ विकास बैंक सधैं भरी हातेमालो गर्दै अघि बढिरहेको बताए । उनले बैंकिङ क्षेत्रमा हुने थुप्रै खालका कसुरहरुमा प्रहरीको साथ सदैब आवश्यक रहेको र सहकार्य भइरहेको समेत बताए ।

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी कार्यालयलाई यसरि टि भि सेट हस्तान्तरण गर्ने कार्यक्रममा नरहेको भए पनि आफ्नो विशेष पहलमा प्रहरी कार्यालय अन्तर्गत प्रतीक्षालयमा सुचना प्रवाह तथा अन्य क्रियाकलापमा सहजता प्रदान गर्ने उद्देश्यले सो टि भि सेट प्रदान गरेको बताए ।

सो अवसरमा टि भि ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले मुक्तिनाथ विकास बैंकको सहयोग प्रती धन्यवाद व्यक्त गरे । उनले बैंकले कार्यालयको आवश्यकता महसुस गरि टि भि सेट प्रदान गरेको प्रहरी समग्र स्याङ्जा प्रहरी कृतज्ञ रहेको बताए ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंक लिमिटेडका क्षेत्रीय उप प्रबन्धक ऋषि नाथ ढकालले मुक्तिनाथ विकास बैंकले नागरिकमा बैंकिङ सहजताका लागि गर्दै आइरहेका नविनतम सेवाका विषयमा आफ्नो भनाइ राखेका थिए ।

स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रहरी निरीक्षक सुबास कार्की ले गरेका थिए । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय पोशाक वितरण, वित्तीय साक्षरता कार्यक्रम लगायतका थुप्रै रचनात्मक कार्यहरु गर्दै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *