स्याङ्जामा भेटियो टुईच मोटरको गोली

आँधिखोला सेरोफेरो पत्रपत्रिका बाट समाचार समाज

स्याङ्जा स्थीत पुतलीबजार नगरपालिका–१४, लामागे फाँटमा टुईच मोटरको गोली भेटिएको छ । पुतलीबजार नगरपालिका–१४, लामागे निवासी बिष्णुप्रसाद पौडेलको खेतमा सम्माउने क्रममा उक्त टुईच मोटरको गोली भेटिएको प्रहरीले जनाएको छ ।

जेसीबीले खेत सम्माउने क्रममा खेतको सतहभन्दा एक हात मुनि तार जडित फलामको बोतल जस्तो देखिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । प्रहरी अधिकृत टोली, श्रीसिंह सारदुल गुल्म आँधीखोला ब्यारेकका सेनाको टोली र पोखरा पृतनाबाट बम डिस्पोज टोलीले उक्त वस्तु टुईच मोटरको गोली भएको अनुमान गरेको र यसबारे थप अनुसन्धान भई रहेको प्रनाउ पौडेलले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *