खुमा अर्याल फाउन्डेसनको सातौं साधारण सभा सम्पन्न

News समाचार समाज

खुमा अर्याल फाउन्डेसन स्याङ्जाले सातौं साधारण सभा सम्पन्न गरेको छ । शनिबार स्याङ्जाको पुतलीबजार नगरपालिका ३ गुडिखोला स्थित सहयात्री पार्टी प्यालेसमा एक समारोह गर्दै फाउन्डेसनले चाडपर्व विशेष शुभकामना आदानप्रदान, सातौं साधारण सभा एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै फाउन्डेसनका संस्थापक खुमा प्रसाद अर्यालले फाउन्डेसनले दुरदराजमा रहेका नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि विभिन्न कार्य र कार्यक्रमहरु गर्दै आएको बताए । उनले यो कार्यमा सबै सरोकारवाला र निकायहरुको महत्त्वपूर्ण योगदान रहिआएको साथै अझै साथ र समन्वयको अपेक्षा रहेको बताए । अर्यालले फाउन्डेसन कुनै पनि सरकार नभएको भन्दै सबैमा फाउन्डेसनसंग जोडिएर सामाजिक कार्य गर्नमा सहकार्य गर्नका लागि आह्वान समेत गरे ।

सो कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, नगर उपप्रमुख देवि अर्याल, पत्रकार श्री कृष्ण सिग्देल, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, वालिङ नगर उपप्रमुख कविता तिवारी गैरे, अर्जुनचौपारी गाउपालिका उपाध्यक्ष सपना गुरुङ लगायतले फाउन्डेसनले गरेका सकारात्मक कार्यहरूको चर्चा गर्दै आआफ्ना धारणाहरु राखेका थिए ।

कार्यक्रमका अवसरमा सहभागिहरुले महत्त्वपूर्ण राय र सुझावहरु प्रस्तुत गरेका थिए भने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले उठेका प्रश्न जिज्ञासाहरुको जवाफ दिएका थिए । फाउन्डेसनका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शालिकराम अर्यालले स्वागत एवम् सचिव ध्रुव शर्माले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा १२ वटा सस्थाका प्रतिनिधिहरुलाई संस्थागत आवद्धता प्रमाणपत्र प्रदान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *