पुतलीबजारका वडा अध्यक्ष कार्यबहाक दिएर गायव

आँधिखोला सेरोफेरो पत्रपत्रिका बाट समाचार समाज

पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष शिव बहादुर थापा वडा सदस्य लिलावती पौडेललाई कार्यबहाक दिएर गायव भएका छन् । वडा अध्यक्ष थापाले २०८० भदौ १५ गतेबाट पौडेललाई कार्यवहाक दिएर गायव भएका हुन् । उनी गायव भएको १३ महिना भएको छ ।

आफु नआउने समय सम्म काम गर्नु भन्दै मलाई कार्यवहाक दिएर गएको कार्यवहाक वडा अध्यक्ष पौडेलले जानकारी दिईन् । पौडेलले विच विचमा उहासगँ म्यासेन्जरमा कुरा हुने गरेको बताउदै अहिले विदेश रहेको र वडादशै सम्ममा आउने बताएको जानकारी दिईन् ।

वडा कार्यालयमा अध्यक्ष नहुदा प्रभाव परेको स्थानीयहरुको भनाई रहेको छ । वडा र पालिकाको सम्बन्ध घनिष्ट हुनुपर्नेमा सम्बन्ध कम हुदै गएको र कार्यवहाक अध्यक्ष पौडेललाई पालिकामा कसैले मान्यता नदिएको जानकारहरु बताउछन् ।

नेपाली कांग्रेस पुतलीबजार ४ का सभापति इश्वरी प्रसाद पोख्रेलले कार्यवहाक अध्यक्ष हुदाँ अध्यक्ष भए जस्तो नहुने बताए । पोख्रेलले कार्यवहाक अध्यक्षले पालिकामा वडाका कुराहरु राख्न नसकेको हुदाँ काम गर्न अध्यक्ष नै चाहिने बताए । वडामा काम गर्न नसक्ने भन्दा काम गर्ने अध्यक्षको आवश्यकता भएको बताए ।

वडा अध्यक्ष कार्यालयमा उपस्थीत नहुदाँ समेत पालिकाले अध्यक्षले पाउनु पर्ने ११ महिनाको तलब खातामा दाखीला गर्दै आएको छ । वडा अध्यक्षको मासिक रुपमा तलब २५ हजार रहेको छ ।

पालिकाको सम्पर्कमा नरहेका ४ जनप्रतिनिधीको तलब पालिकाले साउनबाट रोक्का गरेको प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी पौडेलले जानकारी दिए । नगरसभाबाट पास गरेर सम्पर्क विहिन जनप्रतिनिधीलाई तलब विहिन बनाएको उनले बताए । त्यसैगरी वडा नं. ४ का वडा अध्यक्ष शिव बहादुर थापा कहाँ गएको भन्ने बारे आफुलाई थाहा नभएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *