लोफा पोखराको स्थापना समारोह सम्पन्न

पत्रपत्रिका बाट समाचार समाज

१६ जुलाई २०२२ मा, लोफा पोखराले डी’भिलेज रेस्टुरेन्ट, चिप्लेढुंगा, पोखराको स्थलमा स्थापना समारोह सफलतापूर्वक सम्पन्न गर्यो। हामीले कार्यक्रमको औपचारिक उद्घाटन गर्‍यौं। त्यसपछि, लोफा पोखरा बारे संक्षिप्त सामान्य परिचय दिएर कार्यक्रम सुरु भयो ।

उपाध्यक्ष निर्देश सुवेदीले स्वागत मन्तव्य दिएपछि सञ्चालक समितिका सबै सदस्य, केन्द्रीय सदस्य तथा साधारण सदस्यहरूबाट सपथ ग्रहण समारोहतर्फ लाग्यौँ । प्रमुख अतिथि बैंकर्स संघ गण्डकीका अध्यक्ष समिर केसी र सिभिल बैंकका प्रादेशिक प्रमुखको उपस्थिति उक्त कार्यक्रममा रहेको थियो ।

वित्तीय साक्षरताको महत्त्वलाई उजागर गर्ने अन्तरदृष्टिपूर्ण भाषण समेत दिइएको थियो । सूर्य रोक्का सर (प्रादेशिक प्रमुख, नभिल बैंक), अम्बिका सापकोटा (उपप्रदेश प्रमुख, प्राइम बैंक), कल्पना भण्डारी महोम (प्रान्तीय अधिकृत, कुमारी बैंक), किरण सापकोटा (शिक्षक) कार्यक्रमका विशेष एवम् विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

र आजको समारोहको सुगन्धलाई उज्यालो बनाउनुहुने सम्पुर्ण प्रतिनिधिहरूको विनम्र उपस्थितिले हामी निकै प्रफुल्ल थियौं । त्यसपछि अध्यक्ष आयुष अधिकारीले वार्षिक योजना (२०२२र२३) प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी अध्यक्ष र सहसचिवले प्रमुख अतिथि, विशेष एवम् विशिष्ट अतिथिहरुलाई मायाको चिनो दिनुभएको थियो । त्यस्तै गरी हाम्रो मूल टोली सदस्य सुश्री अदिती पौडेलकोतर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।

यसरी कार्यक्रमको समापन पछि मनोरञ्जनात्मक कार्यक्रम सहितको अनौपचारिक सत्रको आयोजना गरिएको थियो । पछि कार्यक्रममा उपस्थित सबै सदस्यहरुलाई खाजा प्रदान गरी कार्यक्रमको औपचारिक समापन गरिएको थियो । सञ्चालक समिति र मुख्य टोलीका सदस्यहरू सँगै र छुट्टाछुट्टै बैठकमा संलग्न भए साथै, सुश्री अदिती पौडेलले जितेको इन्स्टाग्राम फोटोसुटको पुरस्कार वितरण सम्बन्धी छलफल गरिएको थियो ।

त्यसका साथै कार्यक्रमको कमी र कमजोरी एवम् विशेषता सम्बन्धी टीका टीप्पणी गरियो । अनि कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्ने रणनीतिका बारेमा छलफल गरी निष्कर्षमा लागियो। यसरी, उक्त समारोह सभ्य र भव्य रुपमा समाप्त भयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.