यही भदौ २९ गते राप्रपा अध्यक्ष लिङदेन स्याङजा आउने

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

एक कार्यक्रमका विच प्रगतिनगरमा रहेको ठकुरी समाजको भवनमा राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङजाले पत्रकार सम्मेलन आयोजना गरेको छ । पार्टीका आगामी योजना र कार्यक्रम तथा आउने चुनावमा उमेद्वारहरुको नामावली प्रकाशन गर्न उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रमुख पन्चराम गुरुङले पार्टी मजबुद बनाउन तथा प्रचार प्रसारको लागि केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन यही भाद्र २९ गते स्याङजा आउने कार्यक्रम रहेको जानकारी दिए । उनले आउने संघको चुनावमा आफु पार्टीको तर्फबाट उमेद्वार हुने बताउदै प्रचार प्रसार गरिदिन समेत अनुरोध गरे ।

कार्यक्रममा पूर्व मन्त्री तोरण बहादुर गुरुङ, केन्द्रीय सदस्य हिक्मतजङग कार्की, उदयराज पोख्रेल, पदम कुमार श्रेष्ठ, पदमबहादुर गुरुङ लगाएतले पहिल्लो समयमा राप्रपा प्रति मानिसहरुको चासो बड्न थालेको बताए । उनीहरुले एमाले र कांग्रस पछिको शक्ति राप्रपा रहेको बताए ।

सोही पत्रकार सम्मेलनमा निर्वाचन क्षेत्र नं. १ मा गण्डकी प्रदेश अध्यक्ष पन्चराम गुरुङ, उदयराज पोख्रेल, युवा नेता हिक्मतजंग कार्की, खेमबहादुर गुरुङ र डिल कुमारी शाहीको उमेद्वारीमा दावी रहेको बताईएको थियो । त्यसैगरी समानुपातीक तर्फ तोरण बहादुर गुरुङ, ख्यामबहादुर गुरुङ र बालकृष्ण श्रेष्ठको दाबी रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *