सागर बाबुको ‘जिन्दगीको रीत’ गीतगजल संग्रह विमोचन

आँधिखोला सेरोफेरो मनोरंजन समाचार समाज

कबि तथा गीतकार सागर बाबु (बुद्धिसागर लामिछाने)द्धारा लिखित जिन्दगीको रीत नामक गीतगजल संग्रह शनिवार स्याङ्जाको पुतलीबजार नगरपालिकामा विमोचन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, स्याङ्जा साहित्य प्रतिष्ठानका सभापति विश्वप्रेम अधिकारी, पुतलीबजार नगर कार्यवाहक प्रमुख मनोज पौडेलले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

लोकार्पण कार्यक्रमका समन्वय प्रमुख जिटीले सागर बाबु निजामति सेवामा क्रियाशिल रहेर पनि कला र संस्कृतिप्रति देखाउनु भएको रुचि, प्रतिभा र सृजनाले स्याङ्जामा थप आयाम थपेको बताए । बाबुले आफ्ना सृजनालाई निरन्तरता दिन उनले सुझाव दिदै प्रचारप्रसारको अभावमा स्याङ्जाका कला संस्कृती हराएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका कार्यवाहक प्रमुख मनोज पौडेल, लक्ष्मी स्मृति पुस्तकालय, स्याङ्जा रेडियो एवं टेलिभिजनका अध्यक्ष ध्रुवबन्धु पौडेल, लगायतले शुभकामना सहित धन्यवाद ब्यक्त गरेका थिए । सोही कार्यक्रममा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका प्राध्यापक प्रमोद पंगेनीले कृतिमाथि समिक्षा र कृतीकार सागर बाबु (बुद्धिसागर लामिछाने)ले कृतिको सृजनाका बारेमा आ आफना धारणा ब्यक्त गरेका थिए ।

स्याङ्जा साहित्य प्रतिष्ठानका सभापति विश्वप्रेम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन साहित्यप्रेमी अनन्तकुमार श्रेष्ठले गरेका थिए । पुतलीबजार नगरपालिका वडा नं. ११ मा जन्मेका बुद्धिसागर लामिछाने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका वहालवाला सहसचिव हुन ।

संग्रहमा ४६ वटा गीत र १७ वटा गजल समावेश गरिएका छन्। बुद्धिसागर लामिछानेले सागर बाबुको नामबाट साहित्य क्षेत्रमा कलम चलाउदै आएका छन् । यसअघि पनि उनको गिती एल्बम सार्वजनिक भैसकेको छ । स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजना तथा लक्ष्मी स्मृती पुस्तकालय, स्याङ्जा रेडियो र टेलिभिजनको समन्वयमा गीतगजल संग्रह लोकार्पण गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *