आँधिखोला गाउँपालिकाको अध्यक्षमा एमालेबाट पौडेल सिफारिस

बैशाख ३० गते हुने स्थानीय तहको चुनाबको मिति नजिकिदै जादा आँधिखोला गाउँपालिकाको अध्यक्ष पदको उमेद्वारका लागि नेकपा एमालेबाट जिल्ला उपसचिव विश्व पौडेलको नाम सिफारिस भएको छ । पालिका अध्यक्ष पदको उमेद्वारका लागि पौडेलको नाम निर्विरोध सिफारिस भएको हो । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तथा आँधिखोला गाउँपालिका अध्यक्ष सुधिर पौडेलको प्रमुख आतिथ्यमा भएको भेलाले […]

Continue Reading

पुतलीबजारको मेयर पदका लागि डेढ दर्जन नेताको दाबी

बैशाख ३० गते हुने स्थानीय तहको चुनाबको मिति नजिकिदै जादा पुलतीबजार नगरपालिकामा मेयर पदका लागि नेताहरुको नाम चर्चा हुन थालेको छ । पुतलीबजार नगरपालिकाको मेयर पदमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजबादी र राप्रपाबाट नेताहरुको नाम चर्चामा आउन थालेको हो । नेकपा एमालेबाट पुतलीबजारको मेयर पदमा सिमाकुमारी क्षेत्री, महेश पुरी, दोबबहादुर कार्की, अनन्तकुमार […]

Continue Reading

गभर्नर निलम्बन, सरकारको निर्लज्जता प्रकट ः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताए । शनिबार काठमाडौंमा आयोजित […]

Continue Reading

गणतन्त्रमा नातावाद

संविधान भन्छ, समावेशी लोकतान्त्रिक गणतन्त्र । जसको मर्म र भावना हो, सबै क्षेत्र वर्ग लिंग र जातीको समान प्रतिनिधित्व । त्यसैका लागि यो मुलुकमा संघीय लोकतान्त्रिक समावेशी गणतन्त्रको स्थापना भएको हो । तर, पछिल्लो नियुक्तिको प्रसंगले सरकार असमावेशी भएको आरोप लागेको छ । पछिल्लो पटक देउवा सरकारले १२ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय ग¥यो […]

Continue Reading

परम्परागत कला संस्कृतिको जगेर्नाको लागि पञ्चेबाजा वितरण

लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ । विभिन्न शुभ कार्यका शुभ साइतका रूपमा लिइने बाजालाई लोप हुन नदिन पञ्चेबाजा संरक्षणका लागि बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको हो । चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पञ्चेबाजा बजाउने […]

Continue Reading

टक्सारमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङजाको आयोजनामा पुतलीबजार नगरपालिका ६ टक्सारमा रहेको हिमालय मा.वि.मा १ दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण क्षेत्रमा सेवा प्रभाह गर्ने उद्देश्यले आयुर्वेद स्वास्थ्य शिविरको आयोजना गरिएको हो । उक्त शिविरको उद्घाटन गर्दै हिमालय मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष खड्कराज सुवेदीले आयुर्वेद सम्बन्धी शिविरहरु बेलाबेलामा हुनुपर्ने बताउदै शिविरले ग्रामीण […]

Continue Reading

पुतलीबजारमा अनलाईन भवन निर्माण अनुमति प्रक्रिया पोर्टलको शुभारम्भ

पुतलीबजार नगरपालिकाको आयोजनामा घर नक्सा पासका लागि अनलाईन भवन निर्माण अनुमति प्रक्रिया पोर्टलको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । पालिकाबासीहरुलाई सेवा बारे जानकारी दिन पालिकाको सभाहलमा अनलाईन भवन निर्माण अनुमति प्रक्रिया पोर्टलको शुभारम्भ कार्यक्रमको आयोेजना गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले झन्झटको रुपमा रहेको घर नक्सा पासको लागि सेवा […]

Continue Reading

हातहतियार खोज्दै स्याङजा प्रशासन कार्यालय

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चैत्र मसान्तसम्म हातहतियार बुझाउन आग्रह गरेको छ । यही बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तीपुर्ण रुपमा सम्पन्न गर्नका लागी आँफूसंग भएका हातहतियार सम्बन्धी प्रहरी कार्यालयमा बुझाउन आग्र गरेको हो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य […]

Continue Reading

कृषि गणनाका लागि स्याङ्जामा सचेतना गोष्ठी सम्पन्न

जिल्ला कृषि गणना कार्यालय स्याङजा पुतलीबजारको आयोजनामा राष्ट्रिय कृषि गणना २०७८ जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठी सम्पन्न भएको छ । कृषि गणनाको सार कृषि योजनाको पूर्वाधार भन्ने मुल नाराको साथ जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रिय कृषि गणना २०७८ जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला कृषि […]

Continue Reading

चुनावको तयारीका लागि वडाहरुमा कांग्रेसले खटायो प्रतिनिधि

नेपाली कांग्रेस स्याङ्जाले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत जिल्लाभित्रका वडाहरुमा प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाले स्याङ्जा जिल्ला अन्तर्गतका ९७ वटै वडाहरुमा एक जना संयोजकसहित ५–५ जना प्रतिनिधि खटाएको हो । अब उक्त संयोजकहरु सहितको टोलीले वडा वडामा गएर वडा टोल गठन गर्ने, विगतका सरकारले गरेको भ्रष्टाचारको भण्डाफोर गर्ने, एमसिसीका बारेमा […]

Continue Reading