राष्ट्रिय स्वतन्त्र पार्टी पुतलीबजारको अध्यक्षमा डा. पंगेनी चयन

पुतलीबजार नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले भेला आयोजना गरी नयाँ कार्यसमिति गठन गरेको छ । डा. वसन्त पङ्गेनीको अध्यक्षतामा ५ सदस्यीय नयाँ कार्यसकिति गठन गरेको हो । जस अनुसार कार्यसमितिको उपसभापतिमा गुरुप्रसाद ढकाल र कोषाध्यक्षमा देवी अर्याल चयन भएका छन् । समितिको सदस्यहरुमा डिल्लीराम सुबेदी, जगन्नाथ अर्याल, मुनर दिल अली, उमा फुयाँल र सुवास रेग्मी रहेका […]

Continue Reading

स्याङ्जाका ६ वटा क्याम्पस खारेजीको प्रक्रियामा

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका स्याङ्जाका ६ वटा क्याम्पस खारेजीमा जाने सम्भावना बढ्दै गएको छ । स्याङ्जाको आलमदेवी वाणिज्य क्याम्पस कालिकोट, लसर्घा, बिरुवा बहुमुखी क्याम्पस, किचनास, दिलीप राजेश्वरी कलेज वालिङ, पाइनर मल्टिपल कलेज, वालिङ, जनप्रदीप बहुमुखी क्याम्पस, चिलाउनेबास र पञ्चकन्या बहुमुखी क्याम्पस, अर्जुनचौपारी खारेजीमा जाने सम्भावना बढ्दै गएको हो । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, योजना […]

Continue Reading

गल्याङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गल्याङ बजारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करदाता सेवा कार्यालय स्याङ्जाको आयोजनामा गल्याङबजारका व्यापारी, व्यवसायी तथा उद्यमीहरुका लागि करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । गल्याङ उद्योग वाणिज्य संघ र गल्याङ चेम्बर अफ कमर्सको समन्वयमा भएको कार्यक्रममा करदाता सेवा कार्यालय, पुतलीबजार स्याङ्जाका प्रमुख शोभाकान्त पङ्गेनीले सहजिकरण गरेका थिए । सो […]

Continue Reading

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने पहिलो पालिका फेदिखोला

फेदिखोला गाउँपालिका अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने देशकै पहिलो पालिका बनेको छ । तीन बर्ष पहिला सार्वजनिक निर्माणको काममा सूचीकृत भएका मजदुरलाई ‘मजदुर सञ्चितकोष ’ मार्फत टेवा पु¥याएको फेदिखोला गाउँपालिका पहिलोपटक ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ अनुसार सामाजिक सुरक्षा कोषमा आबद्धता जनाएको […]

Continue Reading

अर्जुनचौपारीमा निर्माण गरिएको हेलीप्याड हस्तान्तरण

अर्जुन चौपारीमा गाउँपालिका १ अर्जुनचौपारी बजारमा निर्माण गरिएको हेलीप्याड एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । पोखरा एयरपोर्ट पछाडी गण्डकी प्रदेशकै सबै भन्दा ठुलो हेलीप्याड नेपाली आर्मी समरजीत गुल्मको प्राबिधिक तथा श्रमदानमा र अर्जुन चौपारी गाउँपालिकाको आर्थिक ब्यवथापनमा निर्माण भएको हो । हेलीप्याड गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई गुल्मका गुल्मपति सेनानी हरि प्रसाद भट्राईले हस्तान्तरण गरेका […]

Continue Reading

सेवाग्राहीलाई दुःख दिदै एनआईएमबी बैंक स्याङजा शाखा

पुतलीबजार नगरपालिका–१, प्रगतिनगरमा रहेको नेपाल इनभेष्टमेण्ट मेगा बैंकले आफ्ना सेवाग्राहीहरुलाई दुःख दिने गरेको पाईएको छ । एनआईएमबी बैंक स्याङजा शाखाले सेवाग्राहीको काम समयमा नगरिदिने, रोक्का फुकुवा गर्न अनावश्यक दुःख दिएको पाईएको हो । नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय सदस्य विक्रान्त कुमार श्रेष्ठले आफुलाई नेपाल इनभेष्टमेण्ट मेगा बैंकले धेरै दुख दिएको बताए । आफुले नेपाल […]

Continue Reading

सुन्तला रोपण अभियानको मन्त्री भुषालद्धारा शुभारम्भ

स्याङजाको भिरकोट नगरपालिका ५, केराबारीमा सुन्तला रोपण अभियान शुभारम्भ भएको छ । सुन्तला रोपण अभियान शुभारम्भ नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले गरेका हुन् । सुन्तला रोपण अभियानको शुभारम्भ गर्दै मन्त्री भुषालले राज्यमा रहेका तिनै तहका सरकारहरुले कृषि क्षेत्रमा जोड दिनुपर्ने बताए । उनले आर्थिक आम्दानीका लागि माछा, बाख्रा र कुखुरा पालन, […]

Continue Reading

चापाकोट नगरपालिकाका निवर्तमान मेयर गिरीको मृत्यु

चापाकोट नगरपालिकाका निवर्तमान मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–१०, बर्जा स्थित सवारी दुर्घटना हुदा चापाकोट नगरपालिका ४ दार्सिङ घर भै हाल पुतलीबजारमा बस्ने ६० वर्षीय गिरीको मृत्यु भएको हो । बालिङबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो पुतलीबजार नगरपालिका १० वर्जामा अनियन्त्रित भई दुर्घटना भएको […]

Continue Reading

गण्डकी प्रदेश सभा सदस्य पौडेलद्धारा निर्वाचन खर्च सार्वजनिक

स्याङजा निर्वाचन क्षेत्र नम्बर २ अन्तगरतको प्रदेश सभा ख बाट निर्वाचित नेकपा एमालेका सांसद सुधिरकुमार पौडेलले मंसिर १० गते भएको निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत ८ लाख ८५ हजार ६ सय ६८ रुपैयाको खर्च सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सभा सदस्य पौडेलले चुनावमा फोटोकपी, छपाई, प्रचार प्रसार […]

Continue Reading

विरुवामा मिसन ग्रासरुट अभियान सम्पन्न, योद्धाहरुलाई सम्मान

नेकपा (एमाले) विरुवा गाउँ कमिटीको आयोजनामा मिसन ग्रासरुट अभियानको समापन तथा अग्रज कम्युनिष्ट योद्धाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। अभियानका केन्द्रिय प्रतिनिधि एवं पार्टी पोलिटब्युरो सदस्य लिला बहादुर थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा पोलिटब्युरो सदस्य थापा मगरले नेकपा एमाले निर्माणमा थुप्रै योद्दाहरुको योगदान रहेको चर्चा गर्दै उहाँहरुका योगदानलाई पार्टीले हरक्षण शिरमा […]

Continue Reading